चन्द्रागिरिमा सुमो दुर्घटना

फाइलफोटो

काठमाडौं । राजधानीको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ मा सुमो दुर्घटनाग्रस्त भएको छ । बिहीबार बिहान ९ बजेतिर भएको ना १ ज ६२६१ नम्बरको उक्त दुर्घटनाबाट कुनै मानवीय क्षति नभए पनि सुमो क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चित्लाङतर्फ जाँदै गरेको गाडी तातेपछि चालकले रोकेर सबै यात्रुलाई बाहिर निकालेका थिए । उकालो ठाउँमा रहेको गाडी केहीबेरमा ब्याक हुँदै भीरबाट तल खसेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here