गर्मीमा निकै रुचाइने फल खरबुजा कतै बिषाक्त त छैन, कसरी चिन्ने ?

काठमाडौं । गर्मी महिनामा धेरैले रुचाउने फलफूलमध्य एक हो खरबुजा। यो ९२ प्रतिशत पानी, खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। यसले शरीरमा पानीको मात्रा सन्तुलित राख्न मात्र होइन, अरु थुप्रै फाइदा गर्छ । कतिपय दीर्घ रोगमा समेत यसको सेवन लाभदायक मानिन्छ ।

तर, स्वास्थ्यका लागि खाइने फलले कतै त्यही स्वास्थ्यलाई नोक्सान त पुर्‍याइरहेको छैन ? सतर्क हुनैपर्छ । किनभने बजारमा पाइने खरबुजामा हानिकारक रसायन मिसाइएको हुनसक्छ ।

खासगरी छिटै पकाएर बिक्री गर्ने चक्करमा खरबुजामा विषाक्त रसायन राखिने गर्छ । हेर्दा रातो एवं रहरलाग्दो देखिने खरबुजामा यस्तो रसायन मिसिएको हुनसक्छ ।

कसरी चिन्ने ?

– खरबुजा खरिद गर्नुअघि यसलाई काट्नुहोस् । यदि बोक्राको तल्लो भाग हरियो र हल्का सेतो छ भने त्यो प्राकृतिक तरिकाले पाकेको हुन्छ ।

– यदि खरबुजा काटेर हेर्दा त्यसको बोक्राको मुनी धेरै रातो देखियो भने त्यसमा सिन्थेटिक रंग मिसाइएको हुनसक्छ ।

– खरिद गर्नुअघि यो पनि हेरौं कि, खरबुजाको आकार सबैतिर एकैनास होस् । कतै काटिएको वा प्वाल परेको छ भने त्यस्तो खरिद गर्नु हुन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here