एक गाग्री पानी भर्न एक घण्टाको यात्रा

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीय बासिन्दालाई एक गाग्री पानी लिन एक घण्टा हिँड्नु पर्ने बाध्यता रहेको छ ।

पशुचौपाय र मानिसका लागि पानी सहजतामा हैरानी व्यहोर्नु परेको छ । आधा रातमा पानी लिन पुग्दा पनि पालो कुर्नुपर्ने हुन्छ ।

बिहानै पँधोरो पुग्ने, घण्टौँ पालो कुर्ने र पानी भर्ने काममा गाउँका महिला वर्षौदेखि समस्यामा छन् तर अहिले पनि गाउँमा पानीको समस्या टरेको छैन् ।

घोरदौरा बस्ती वर्षौँदेखि काकाकुल बन्नु परेको छ । घण्टौँ लगाएर पानीको जोहोमा जुट्नुपर्दा दैनिकीमा समेत असहजता भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here