काभ्रेमा ट्रक दुर्घटना, ५ जना घाइते

काठमाडौं । काभ्रेको धुलिखेलको बेइजिङ प्लानमा ट्रक दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

बीपी राजमार्गमा काभ्रेभञ्ज्याङबाट धुलिखेल आउँदै गरेको बा.३ क २९३ नम्बरको ट्रक बेइजिङ प्लाननजिकै अनियन्त्रि भई सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा काभ्रेको नमोमुद्ध नगरपालिका ६, खाक्सका ५६ वर्षीय ट्रक चालक इन्द्रबहादुर तामाङ, गंगाबहादुर तामाङ, मिच्याउ तामाङ, पञ्चलाल तामाङ र सूर्य लामा घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here