भ्रमण वर्ष लक्षित स्विफ्ट होलिडेज, देशैभर सञ्चालनको तयारी

काठमाडौँ, ५ असोज । सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ लाई लक्षीत गर्दै पर्यटकलाई आरामदायी र सर्वसुलभ यात्रा गराउनको लागि स्विफ्ट होलिडेज सञ्चालनमा ल्याइएको छ ।

पोखराको लेकसाईडमा रहेको मुख्य कार्यालयले सुरक्षित, भरपर्दो, आरामदायी भ्रमणको व्यवस्था गर्दै स्विफ्ट होलिडेज सञ्चालनमा ल्याएको हो । काठमाडौँको कान्तिपथमा पनि स्विफ्ट कार्यालय सञ्चालन गरिएको छ ।

नेपालको धेरै स्थानमा सेवा प्रदान गर्दै आएको ट्राभल एजेन्सीले चाँडै चितवन, लुम्बिनी, पोखरा जस्ता मुख्य पर्यटकीय शहर केन्द्रित रहेर कार्यालय सञ्चालन गरिने बताएको छ ।

२ महिना अगाडी नै सेवा सञ्चालनमा ल्याएको ट्राभल एजेन्सीले औपचारिक रुपमा नै सेवा सुरु गर्ने बताएको छ ।

कम्पनीले एअर टिकेटिङ लगायतको सेवा सञ्चालन गर्ने तयारी गरिसकेको ट्राभल एजेन्सीका अध्यक्ष जनकराज शर्माले जानकारी दिए । होलिडेजले हालसम्म २० वटा गाडी सञ्चालनमा ल्याईसकेको छ ।

सञ्चालनमा आएका २० गाडीमध्ये १० वटा गाडी चार्टरमा र १० वटा मुख्य शहरमा नियमित रुपमा चलाउने योजना रहेको कम्पनीले बताएको छ ।

यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै आरामदायी, अविस्मरणीय र सुरक्षित यात्रा गराउनको लागि कम्पनीको स्थापना गरेको अध्यक्ष शर्माले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here