राजनीतिक दलको सदस्‍यता लिएका शिक्षक-कर्मचारीले ५ दिनभित्र दल त्याग्नू

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले पालिकामा रहेका विद्यालयका सबै शिक्षक कर्मचारीलाई दल त्याग गर्न निर्देशन दिएको छ ।

मेयर अजय थापाले सूचना प्रकाशन गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले कुनै पनि पार्टीको सदस्यता लिएको,कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको भएमा ५ दिनभित्र सो राजनीतिक दलमा राजीनामा बुझाई ५ दिनभित्र नगरपालिकामा पेश गर्न कर्मचारी तथा शिक्षकलाई निर्देशन दिएका हुन् ।

पालिकाले जारी गरेको सूचनामा भनेको छ ‘यस पालिकाभित्रका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा वा सदस्यता लिएको भए ५ दिन भित्र सम्बन्धित राजनीतिक दलबाट राजिनामा दिई सो को जानकारी यस कार्यालयमा पेश गर्न निर्देशन गर्ने र पछि प्रमाणसहित राजनीतिक दलको सदस्यता सम्बन्धि उजुरी आएमा कानून बमोजिम कारबाहीका लागि सिफरीस गर्ने भनि नगर शिक्षा समितिको मिति २०८१।०१।१२ को बैठकबाट निर्णय भएको ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here