वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको रोमाञ्चक जित, रोहितको शतक

काठमाडौं । टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले वेष्टइण्डिज ‘ए’ लाई पराजित गरेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेष्टइण्डिजले प्रस्तुत गरेको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले ।

जितसँगै नेपालले पाँच खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ। सिरिजको दोस्रो खेल भोलि आइतबार हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here