नेपाल वेस्ट इण्डिज ‘ए’ विरुद्ध फिल्डिङमा, टिममा पाँच परिवर्तन

काठमाडौं । वेस्ट इण्डिज ‘ए’ विरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर फिल्डिङको निम्तो पाएको छ । वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले बलिङ गर्ने भएको हो।

पाँच खेलको टी-२० सिरिजका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज पहिलो खेलमा ४ विकेटले पराजित भएको थियो। आज नेपालले टोलीमा तीन परिवर्तन गरिएको छ। नेपालले पहिलो खेलको टोलीमा रहेका पाँच खेलाडी परिवर्तन गरेको छ।

विवेक यादव, कमल सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहरा र ललित राजवंशीको स्थानमा लोकेश बम, आरिफ शेख, आकाश चन्द, सागर ढकाल र सोमपाल कामीले प्लेइङ ११ मा मौका बनाएका हुन्।

यस्तो छ नेपाली टिम:

कुशल भुर्तेल, अनिलकुमार साहा, रोहितकुमार पौडेल (कप्तान), गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, लोकेश बम, सागर ढकाल, आकाश चन्द, सोमपाल कामी र आरिफ शेख

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here