९८ प्रतिशतमा विद्युतको पहुँच पुगिसक्यो, डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गछौं’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको बताएका छन्। आइतबार काठमाडौंको चन्द्रागिरिमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन तथा माता तीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइरहेको पनि जानकारी दिए।

उनले उत्पादित जलविद्युत देशभित्र नै खपत गर्ने गरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‌बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको बताए।

प्रधानमन्त्री दाहालले विद्युत खपत्‌को महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर विस्तार भइरहेको र पेट्रोलियम पदार्थको आायतमा पनि गिरावट ल्याएको बताए।

प्रचण्डले प्रसारण लाइन विस्तारमा वन क्षेत्रको प्रयोग, रुख कटान तथा जग्गा अधिग्रहणमा ठूलो समस्या रहेको बताए । उनले विकास र पर्यावरणबीच सन्तुलन कायम हुने गरी योजनाहरू अघि बढाउन आवश्यक रहेको बताए ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी एवं नर्वे सरकार तथा एसियाली विकास बैंकको आर्थिक सहयोगमा मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेसन निर्माण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here