इञ्जिनियरिङ कलेज विवाद: तत्कालीन अध्यक्ष न्यौपानेलाई ३ वर्ष कैद र २६ करोड जरिवाना

काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद २५ करोड जरिवाना भएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार सजाय निर्धारण गर्दै न्यौपानेलाई १२ करोड ८४ लाख ८७ हजार ९५५ रुपैयाँ बिगो भराउने पनि फैसला गरेको छ ।

इजलासले बिगोको दोब्बर २५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो ।

आयोगले तत्कालीन अध्यक्ष न्यौपानेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकोको थियो। तर, अदालतले न्यौपानेलाई दोषी ठहर गर्दै अन्य आठ जनालाई सफाइ दिएको थियो।

सफाइ पाउनेमा लवराज भट्टराई, रामरत्न उपाध्याय, हरिप्रसाद पाण्डे, इल्या दीक्षित भट्टराई, प्रेमाकुमारी केसी, उषा न्यौपाने, इन्दिरा उपाध्याय र उपेन्द्र गौतम रहेका छन्।
उनीहरु पनि कलेज सञ्चालक हुन्।