पर्सा प्रहरीले गोली हानेर एक भारतीयलाई समात्यो

काठमाडौं । पर्सा प्रहरीले गोली चलाएर एकजना भारतीयलाई पक्राउ गरेको छ।

गएराति ११ बजे वीरगञ्ज महानगरपालिका-१६ मा प्रहरीले गोली चलाएर भारतको रक्सौल चम्पारन बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी कार्यालयले जनाएको छ ।

उनी काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा पनि संलग्न भएको प्रहरीको अनुमान छ। उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल र दुईथान गोली समेत बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here