बझाङ-१ बाट एमालेका दमनबहादुर भण्डारी निर्वाचित

काठमाडौं । बझाङ(१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् ।

एमालेका भण्डारीले ११,६१३ मत ल्याउँदा कांग्रेसका सिंह ११,३४६ मा रोकिए ।

यहाँ नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याए । मत गणना सकिए पनि निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here