इलाममा घण्टी र नेकपा एसले जोगाउन सकेन जमानत

काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूको जमानत जफत भएको छ। प्रतिनिधिसभातर्फ खसेको कूल सदर मतको १० प्रतिशत मत नआए स्वतः जमानत जफत हुने व्यवस्था छ। लिम्बूले ५ हजार ५० मत ल्याएका छन्।

निर्वाचन आयोगका अनुसार यहाँ खसेको कूल मतको ६८ हजार ४ सय ७२ मत सदर भएको छ। यो अनुसार मिलनले ७.३७ प्रतिशत मात्रै मत पाएका छन्। त्यस्तै नेकपा एसका उम्मेदवार जीतबहादुर राईले पनि जमानत जोगाउन सकेनन् ।

प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ । राईले ४०८ भोटमात्र ल्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here