काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको वैशाख १७ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको छ ।