घट्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टितेलको भाउ लिटरमा दुई/दुई रूपैयाँ घटाएको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ०.०२ रूपैयाँ र डिजेलमा २ रूपैयाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।

त्यस्तै हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा एक रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ बढाएर पठाएको छ।

निगमले पेट्रोल र खाना पकाउने ग्यासको भाउ यथावत राखेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब डिजेल र मट्टीतेल लिटरको १५६ रूपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा लिटरको १५८ रूपैयाँ पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here