साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् । नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले उक्त निर्णय गरेको जानाकारी दिए ।

पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत् दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शवदाह लागि ४ हजार ५०० शुल्क लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here