नेपालमा धेरैजसो इन्टरनेट सेवामा समस्या

काठमाडौं । बिहीबार दिउँसोदेखि नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको छ । वर्ल्डलिंक, भायानेट, सुबिसुलगायत इन्टरनेट सेवा प्रदायकको इन्टरनेट स्लो हुने तथा चल्दै नचल्ने समस्या देखिएको छ ।

भायनेटले अलर्ट एसएमएसमार्फत सेवामा समस्या देखिएकामा क्षमा मागेको छ। कम्पनीले अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकसँगको समस्याका कारण इन्टरनेटमा समस्या देखिएको बताएको छ। नेपालमा मुख्यतया भारतबाट इन्टरनेट ब्यान्डविथ भित्रिने गरेको छ। एयरटेल कम्पनीले उक्त ब्यान्डविथ नेपाललाई प्रदान गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here