चार खेल अगावै रियल मड्रिडले जित्यो ला लिगा उपाधि

काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ ।

रियलको ३४ खेलमा ८७ अंक रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ खेलमा ७३ अंक छ । उपाधि जित्न रियललाई एक अंक आवश्यक थियो । तर केही घण्टा पछि नै बार्सिलोना पराजित हुँदा रियलको उपाधि पक्का भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here