बेसारको फाइदा राम्रो अनुहारदेखि तौल घटाउन सम्म

काठमाडौं । भान्सामा मसलाको रुपमा प्रयोग गरिने बेसारका भान्सा बाहिर पनि अनेकौं गुण छन् । बेसार ज्यादै उपयोगी घरेलु औषधी तथा सौन्दर्य सामग्री पनि हो ।

बेसार खानाको स्वाद बढाउनको साथै जाडो समयमा धेरै प्रकारका स्वास्थ्य समस्याको उपचारको लागि प्रयोग गरिन्छ ।

धेरै प्रकारका अनुसन्धानले बेसारले हाम्रो शरीर र मस्तिष्क दुवैलाई फाइदा पुग्ने देखाएका छन् । बेसार हाम्रो शरीरका विभिन्न जोर्नीको दुखाई कम गर्नको लागि पनि सहयोग गर्छ । यसबाहेक बेसारका यस्ता फाइदा छन्:

१. पेटसम्बन्धी समस्या

यदि तपाईं पेटसम्बन्धी कुनै समस्याबाट पीडित हुनुहुन्छ भने बेसार तपाईंको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । खासगरी जाडो मौसममा बेसारको सेवन गरेमा पेट सम्बन्धी धेरै समस्याबाट छुटकारा मिल्छ । त्यसैले आयुर्वेदले धेरै औषधीमा बेसारको प्रयोग गर्छ ।

२.स्वस्थ छाला

बढ्दो उमेरसँगै छालामा देखिने चाउरीपन कम गर्नको लागि पनि बेसारको प्रयोग गरिन्छ । बेसारमा एन्टीअक्सीडेटिभ र एन्टीइन्फ्लामेन्टी गुण पाइन्छ । यसले छालालाई चाँडै चाउरी पर्नबाट रोक्छ । बेसारको दैनिक प्रयोगले छालामा चमक आउँछ ।

३. मष्तिस्कको लागि फाइदाजनक

बेसारमा हुने एरोमेटीक टर्मेरोन कम्पाउन्ड मष्तिस्कको लागि अत्यन्त फाइदाजनक हुन्छ । यसले मष्तिस्कको कोषिकाहरुलाई थप चलायमान बनाउन सहयोग गर्छ । यसले मष्तिस्कलाई स्वस्थ र सक्रिय बनाउँछ ।

४. तौल कम

पछिल्ला वर्षहरुमा धेरै मानिस तौल बढ्ने समस्याबाट आक्रान्त छन् । दैनिकरुपमा बेसारको प्रयोग गर्दा तौल कम हुन्छ । बेसारमा चिल्लो पदार्थ सोस्न सक्ने क्षमता हुने भएको कारण अनावश्यक रुपमा शरीरको तौल बढ्न पाउँदैन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here