काठमाडौं । चार दिनअघि घटेको अण्डाको मूल्य फेरि बढेको छ । सोमबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो । देशभरि अण्डाको एउटै मूल्य लागु गर्नका लागि चितवनलाई आधार मानेको संघले जनाएको छ ।
नयाँ मूल्यअनुसार मिडियम साइजको अण्डा प्रतिक्रेट ३५० रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ४१० रुपैयाँ पर्नेछ ।
यसअघि वैशाख २० गते मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ मूल्य निर्धारण गरेको थियो । यस्तै, ठूलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ निर्धारण गरेको संघले जनाएको थियो ।
मूल्य घटाएको चार दिनमै संघले फेरि मूल्य बढाएको हो ।