एलओडी फेरि बन्यो विश्वकै उत्कृष्ट ५०औं क्लब

काठमाडौं । काठमाडौंको ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको छ । यूकेस्थित डिजे म्यागले छनोट गरेकाे सन् २०२३ का लागि १०० उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५० औं स्थानमा परेको हो। यसअघि क्लब ४९ र ५२ औं स्थानमा परेको थियो ।

डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो ।

यसअघि सन् २०२२ का लागि एलओडीले ५२ औं स्थानमा प्रवेश पाएको थियो ।केही समय अघि क्लब डिजे म्याग टप १०० को नोमिनेसनमा परेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here