मोरङमा बस दुर्घटना, १८ जना घाइते

काठमाडौं । मोरङको बुढीगंगामा मंगलबार बस पल्टिएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बा ४ ख ७४५० नम्बरको बस बुढीगंगा–३ बाँसबारी चोकमा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ।

घाइतेहरुको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको शरीरका विभिन्न भागमा चोट लागे पनि खतरामुक्त रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here