सिटिसी मलमा मोबाइल मेला सुरु, ६० प्रतिशत छुट देखि बाई वान गेट वान फ्रि अफर

काठमाडौं, ६ असोज । दशैको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सिटिसी मोबाइल हब सुनधारामा मोबाइल मेला सुरु भएको छ ।

विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सुपथ मुल्य र अफÞरै अफर सहितको मोबाईल मेला आइतबारदेखि सुरु भएको हो ।

मोबाईल मेलामा ६० प्रतिशतसम्म छुटका साथै बाई वान गेट वान फ्रि अफर मेलाको मुख्य आकर्षण रहेको छ ।

निशुल्क पार्किङको व्यवस्था गरिएको मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

साथै हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५०प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निशुल्क पाइनेछ ।

हरेकदिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खÞाली नजाने उपहार पाउने बताईएको छ ।

सिटिसी मल र विभिन्न मोबाईल कम्पनीहरुको दोहोरो अफरले सेवाग्राही धेरै लाभान्वित हुने विश्वास मोबाइल हबले लिएको छ ।

असोज ५ गतेबाट दशै, तिहार र छठ गरी कार्तिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ ।

दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा लाप्टप बितरण गरिनेछ । मोबाइल मेला दशैंको पूmलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १६ गतेसम्म लागू हुने आयोजकले बताएको छ ।
मेलामा सामसुङ, एप्पल, एम आई, ओप्पो, हुवावे, भिभो, रियलमी, वान प्लस, अनर, ब्ल्याक बेरी , ईकोटेल लगायत ब्राण्डका ६५० रुपैंयादेखि २ लाख १५ हजÞार मूल्यका मोबाइल उलिब्ध हुनेछन् ।

नेपालमै पहिलो पटक सबै भन्दा धेरै ब्राण्डका मोबाइलहरु एउटै स्टोरमा उपलब्ध गराएको सिटिसी मोबाइल हबले रिचार्जर एपसँगको सहकार्यमा मोबाईल, क्यामरा, ल्यापटप, घरायसी सामान किस्ताबन्दीमा उपलब्ध गराउनेछ । यसका लागि रिचार्जरको मोबाइल एप डाउनलोड गरी ६ महिनादेखि १८ महिनासम्मको किस्ताबन्दीमा सामान खरिद गर्न सकिन्छ ।

हरेक ब्राण्डका मोबाइल एक्सेसरीजको साथमा एक्सचेन्ज अफर, ६० मिनेटमा मर्मत सेवा, उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here