निजगढ विमानस्थल बनाउन आउला ज्युरिच ? लगानी बोर्डले माग्यो थप विवरण

काठमाडौं, ५ असोज । निजगढ अन्तरराष्ट्रिय विमानस्थल परियोजना अगाढी बढाउने ज्यूरिच एयरपोर्ट इन्टरनेशनल एजीको प्रस्ताव स्वीकृत भएको छ ।

लगानी बोर्डको सोमबार बसेको बैंठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो । साथै सो कम्पनीसँग सार्वजनिक निजी साझेदारी (पीपीपी)मा परियोजना अगाढी बढाउनका लागि विस्तृत विवरण माग गर्ने निर्णय समेत गरेको छ । निजगढ विमानस्थल निर्माणका लागि चीन, भारत, नेपाल र फ्रान्सका अन्य ६ कम्पनीले प्रस्ताव पेस गरेका थिए ।

तीमध्ये जर्मन कम्पनीले परियोजना निर्माणका लागि चाहिने मापदण्ड पूरा गरेको बोर्डले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रस्तावित काठमाडौं बाहिरी चक्रपथ परियोजना पीपीपी मोडलमा पुरा गर्न चाइना कम्युनिकेशन कन्ष्ट्रक्सन कम्पनीलाई सर्ट लिस्टमा राखी थप विवरण माग गरेको छ । सो कम्पनीले तोकिएको मापदण्ड पुरा गरेकोले उसलाई थप विवरण माग गर्ने निर्णय बैठकले गरेको हो ।

त्यसैगरी बोर्डले तल्लो अरुण जलविद्युत परियोजना अगाडी अढाउन भारतको एसजेभीएन लिमिटेड, नेपालको एचआइडिसिएल संगको ज्वाइण्ट भेञ्चरमा पावर कन्ष्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड र जापानको इनेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी लाई सर्ट लिष्टमा राखेको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन सुधारबारे एकीकृत र विस्तृत योजना ल्याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् ।

प्रम ओलीले सोबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकहरुको प्रस्तावसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् ।

उनले भने, ‘हामीलाई काठमाडौँ उपत्यकाको यातायात सुव्यवस्थापनमा छिटो काम गर्नुछ, ती कामहरु सबै समयमा योजनाबद्धरुपमा गर्न मन्त्रालय र निकायले आपसमा समन्वय गर्नुपर्छ ।’

साथै प्रधानमन्त्री ओलीले त्यसका लागि प्रतिवेदन प्राप्त बोर्डले थप निर्णय गर्ने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here