डलरको मूल्य फेरि नयाँ रेकर्ड नजिक, पाउण्ड र यूरो घट्यो

काठमाडौं । अमेरिकी डलरको भाउ पुन: उच्च बिन्दु नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।

गएको वैशाख ७ गते प्रतिडलर हालसम्मकै उच्च १३३ रुपैयाँ ९७ पैसा पुगेको अमेरिकी डलरको मूल्य पुन: बढ्दै उच्च बिन्दुनजिक पुगेको छ ।

राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा कायम भएको छ। बुधबार खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको थियो।

त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ। बुधबार खरिद दर १४३ रुपैयाँ ५६ पैसा र बिक्री दर १४४ रुपैयाँ २१ पैसाले कारोबार भएको थियो।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको छ। बुधबार खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको थियो।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ५८ पैसा र बिक्रीदर ८ रूपैयाँ ६१ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १८ रूपैयाँ ५३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको छ । त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४३३ रूपैयाँ ४४ पैसा रहेको छ भने बिक्रीदर ४३५ रूपैयाँ ३९ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here