नेशनल लाईफ इन्स्योरेन्सको ‘चेयरपर्शन क्लब’ समारोह सम्पन्न, देशभरका उत्कृष्ट म्यानेजर सम्मानित

काठमाडौं, ६ असोज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन ‘चेयरपर्शन क्लब’ समारोह आईतवार काठमाडौंमा सम्पन्न भएको छ ।

समारोहमा आर्थिक वर्ष २०७५/०७६ मा मुलुक भरी रहेका कम्पनीको ४७,४०० अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।

कार्यक्रमको समुद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा सिंहले कम्पनीको विविध पक्ष वारे जानकारी दिँदैै कम्पनीको जीवन बीमा कोष रु.२७ अरब भन्दा बढी पुगेको र चुक्ता पूँजी नियामक निकायले तोकेको रु.२ अरब लाई पार गरेर हाल रु ३ अरब पुगेको बताइन् ।

अध्यक्ष सिंहले वर्तमान प्रतिष्पर्धात्मक बजारमा कम्पनीले ब्यवसाय विस्तारको लागि शाखा विस्तार, प्रविधिमा लगानी र नँया बीमालेखहरुमा विशेष ध्यान दिइएको उल्लेख गरिन् ।

कार्यक्रममा कार्यकारी प्रमुख भरत वस्नेतले आ.व.२०७५/०७६ मा कम्पनीले सन्तोषजनक ब्यवसाय गरेको र नेपालको जीवन बीमा क्षेत्रमा महत्वपूर्ण स्थान हासिल गरेको बताउनु हुदै ब्यवसाय संचालनको विविध पक्षको कारेमा बताए ।

समारोहमा एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः रु.४ लाख, रु.३ लाख र रु.२ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो ।

साथै ब्यक्तिगत अभिकर्तामा नेपाल भरीमा प्रथम, द्वितिय एवं तृतिय हुनेलाई क्रमशः रु.२.५० लाख, रु.२ लाख र रु.१ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो ।

यसै गरी ७ वटा प्रदेशमा प्रथम, द्वितिय र तृतिय हुनेलाई समेत नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here