काठमाडौंका यी स्थानमा ६ घण्टा विद्युत् सेवा प्रभावित हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नयाँ कन्डक्टर तार जडान गर्न लागेकोले विद्युत् अवरुद्ध भइरहेको छ ।

आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजनाले स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाईनको पुरानो तारलाई बदली गर्ने कार्य गर्न लागिएको हुँदा बैशाख २९ र ३१ गते हसनटार फिडर, खड्का गाउँ फिडर र थानकोट फिडरमा विद्युत् अवरुद्ध हुने जनाएको छ ।

विद्युत् बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म जानेछ । २९ गते (भोलि, शनिबार) देखि ३१ गतेसम्म हसनटार फिडरअन्तर्गत पाटोचोक अमरज्योति, पुरोनो हेल्थपोस्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतमगाएँ, हसनटारलगायतका स्थानमा विद्युत् हुनेछैन ।

त्यसैगरी, कंकाली, पहेंलो गुम्बा, गोदामथोक, महांकाल, सीताराम स्कुल, फस्कु, जयन्तीगाउँ, रामकोट, पुरोनो गाउँ, दर्शनखोला आदि स्थानमा पनि विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, खड्कागाउँ फिडरअन्तर्गत शालिकचोक, एलआरआई, खड्कागाउँ, पुरानो हिमशिखर, पिपलबोट आदि क्षेत्रमा पनि बिजुली कटौती हुने बताइएको छ ।

त्यसैगरी जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरअन्तर्गत पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारामा पनि ६ घण्टा बिजुली जाने छ । त्यस्तै, लामाचौर, बानियाँ गाउँ, दाउरा डिपो, हाइभिजन कोलोनी, पशुविकास र सिर्जना चोक क्षेत्रमा समेत विद्युत् आपूर्ति हुनेछैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here