काठमाडौं । नेपाल एयरलाइन्सले न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन गरेको छ। निगमले एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा भएको ढिलाईबारे छानबिन गर्न समिति गठन गरेको बताएको छ ।
सो मर्मतमा करिब ५ महिनाभन्दा बढी समय लागेकोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको बताएको छ ।
समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्ड्रस्ट्रिजमा मर्मतका लागि पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन र अध्ययन गरी १५ दिनभित्र सिफारिससहितको प्रतिवेदन बुझाउन भनिएको छ ।
सम्झौता अनुसार समयमा इन्जिन दिन नसकेको सम्बन्धमा निगमको सीएएम डिपार्टमेन्टबाट क्षतिपूर्ति दाबी गर्ने प्रक्रिया समेत अगाडि बढेको बताईएको छ ।