फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा दोस्रो पटक सगरमाथाको सफल आरोहण

फाइलफोटो

काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले दोस्रोपटक सफल आरोहण गरेकी छन् । श्रेष्ठले आइतवार बिहान ६ बजेर ४० मिनेटमा सफल आरोहण गरेकी हुन्।

पूर्णिमा सन् २०१८ मा पहिलोपटक सर्वोच्च शिखमा पुगेकी थिइन् । नेपाल तर्फबाट चढ्न सकिने ८ हजार मिटर माथिका सबै हिमाल आरोहण गर्ने पहिलो किर्तिमानी नेपाली महिला र अन्नपूर्ण हिमालमा पुग्ने पहिलो नेपाली महिला मध्ये एक आरोही हुन् पुर्णिमा।

नेपालमा रहेका ८ हजार मिटर भन्दा अग्ला हिमालमध्ये चोयू भने चीनबाट मात्रै आरोहरण गर्न सकिन्छ। नेपालका ७ वटा र पाकिस्तानको केटू गरी उनले विश्वका ८ हजार मिटर भन्दा अग्ला ८ वटा हिमाल आरोहण गरिसकेकी छिन्।

श्रेष्ठ विगत एक दशकदेखि फोटो पत्रकारिता गर्दै आएकी छन् । गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी उनी सफल हिमाल आरोही समेत हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका हिमाल आरोहण गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here