व्यापार घाटामा सुधार, सरकारको खातामा ३ खर्ब बढी नगद मौज्दात

काठमाडौं । चालू आवमा वैदेशिक व्यापार घाटमा सुधार आएको छ । अघिल्लो वर्षको चैतको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा २.८ प्रतिशतले घटेर १० खर्ब ५३ अर्ब रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत)को अध्ययन प्रतिवेदन अनुसार समीक्षा अवधिमा आयात निर्यात दुवै घटेको छ ।

कुल वस्तु आयात २.८ प्रतिशतले कमी आई रू ११ खर्ब ६७ अर्ब ३७ रूपैयाँमा सीमित भएको छ । त्यस्तै, वस्तु निर्यात ३.७ प्रतिशतले कमी आई रू। १ खर्ब १३ अर्ब ९५ करोड कायम भएको छ ।

चालु आवको चैत मसान्तमा सरकारका विभिन्न खातामा ३ खर्ब १३ अर्ब ७२ करोड रुपैयाँ बढी नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रू. ६५ अर्ब ३६ करोड रुपैयाँ मात्र थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here