मधेश सरकारबाट बाहिरियो एमाले

काठमाडौं । नेकपा (एमाले) पनि मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। मधेश सरकारमा सहभागी एमालेका ६ जना मन्त्रीले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्। उनीहरूले आजैको मितिबाट लागू हुने गरी राजीनामा बुझाएको जनाएका छन्।

एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी गृह, सञ्चार तथा सूचना, सत्रुघन सिंह स्वास्थ्य तथा जनसंख्या, प्रमोदकुमार जयसवाल शिक्षा तथा सांस्कृतिक मन्त्री थिए।

त्यस्तै, केशव राय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र शारदा थापा गृह, सञ्चार तथा कानून राज्यमन्त्री रहेका थिए।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) बनेसँगै एमाले सरकारबाट बाहिरिएको हो। यसअघि नेकपा (माओवादी केन्द्र)का मन्त्रीले पनि राजीनामा दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here