फेवातालको जलकुम्भी निकाल्न ४० जनालाई रोजगारी

काठमाडौं । सोमबारदेखि पोखराको फेवाताल जलकुम्भी हटाउन स्थानीय जलारी समुदायका ४० जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिने काम थालनी गरिने भएको छ । महानगरपालिकाको सहयोगमा एक जलारी घर एक रोजगारी कार्यक्रमअन्तर्गत यो अभियान सञ्चालन गरिएको हो।

दुई हप्ता बिहान ८ देखि दिउँसो ३ बजेसम्म दैनिक ४० जना सफाइ कार्यमा खट्नेछन्। फेवातालमा जस्तै बेगनास ताल र अन्य तालहरूमा पनि यो अभियान क्रमशः चलाइने अभियन्ताहरुले बताएका छन्। आइतबार नेपाली सेना, सशस्त्र प्रहरी, सफाइ अभियन्ता र स्थानीय समेत गरेर हजार बढीले सफाइ अभियानमा सहभागिता जनाएका छन्। पहिलो दिन १५ टिपर जलकुम्भी निकालिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here