सरकारबाट बाहिरियो जसपा नेपाल, उपेन्द्र यादवले दिए राजीनामा

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। यादवले आज पदबाट राजीनामा दिएका हुन्। ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसकिने बताएका छन् ।

यस्तै, जसपा नेपालका वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री यादवलाई राजीनामा दिन निर्देशन दिएका थिए।

केही दिनअघि यादव विदेश भ्रमणमै रहेका बेला जसपा, नेपाल विभाजित भएको थियो । विभाजनपछि बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसमेत सरकारमा रहेको छ ।

मधेश प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइसकेको छ। जसपा नेपालमा विभाजन आएपछि हिजो बसेको कार्यकारिणी समितिको बैठकबाट सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here