काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् ।
संविधानको धारा १६८ (५) अन्तरगत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्रीलाई एमालेका उप सभामुख सहित ४० माओवादीका १३ एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिए । ६२ जना प्रदेशसभा सदस्य उपस्थित बैठकबाट उनले ५७ मत पाए । ५ जना भने तटस्थ बसे ।
प्रदेश प्रमुख परशुराम खापुङले गत बिहीबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । कार्कीको मुख्यमन्त्री नियुक्तिमा विमति राख्दै सर्वोच्च अदालत पुगेको कांग्रेस प्रदेश सभाकै बैठकमै उपस्थिति रहेन ।