‘स्काउटका सदस्यले तत्काल राजनीतिक दलको सदस्यता त्याग्नू’

काठमाडौं । सरकारले नेपाल स्काउटका सदस्यहरुलाई कुनै राजनीतिक दलको सदस्यता लिएको भए तत्काल त्याग्न चेतावनी दिएको छ। नेपाल स्काउटमा निर्वाचित पदाधिकारी राजनीतिक दलमा आबद्ध रहेको उजुरीको सुनुवाइ गर्दै युवा तथा खेलकुद मन्त्रालयले उक्त चेतावनी दिएको हो।

नेपाल स्काउट ऐन २०५० को दफा १८ (क)को उपदफा (१) (ख) र (ग)मा नेपाल स्काउटको योग्यतासम्बन्धी व्यवस्था छ। त्यसमा नेपाल स्काउटको सदस्यले कुनै राजनीतिक दलको सदस्यता नलिएको र राजनीतिक गतिविधिमा संलग्न नभएको हुनुपर्ने स्पष्ट व्यवस्था छ। कोही राजनीतिक दलको सदस्य भएमा सदस्यता त्याग्न र नत्यागे कानुनबमोजिम कारबाही हुने मन्त्रालयले उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here