बीमा प्राधिकरण ५६औं वर्षमा, वित्तीय सुशासन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५६औं वर्षमा प्रवेश गरेको छ । ५६ औं वार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

साथै, नेपालको अर्थतन्त्रको विकास र समृद्धिमा प्राधिकरणले खेल्ने भूमिकालाई प्रभावकारी बनाउने तथा बीमा क्षेत्रको विकाससँगै स्थानीय तहसम्म बीमाको पहुँच विस्तार भएको, न्यून आय भएका गरिब जनतालाई बीमाको पहुँच पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

वार्षिकोत्सवको अवसरमा जारी शुभकामना तथा प्रतिबद्धता सन्देशमा प्रभावकारी बीमा नियमनद्वारा बिमितको हित रक्षाको लागि काम गर्ने उल्लेख छ ।

विसं २०२६ साल जेठ १ गते स्थापना भएको तत्कालिन बीमा समिति २०७८ साल कार्तिक २२ गतेबाट नयाँ बीमा ऐन अनुसार नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भई बीमा क्षेत्रको नियमनमा भूमिका खेलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here