दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन दिन नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा पुगेको हो ।

यसदिन ३२० कम्पनीको ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६४ रुपैयाँ बराबरको ९८ लाख ५५हजार २८५ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचक बढेकोछ ।

आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड ८१ लाख रुपैयाँ बढीको २ लाख ६ हजार ६४ कित्ता शेयर किनबेच भएको छ । बढ्दो बजारमा आधा दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

समाज लघुवित्त, उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, जनउत्थान लघुवित्त, मानुषि लघुवित्त र रुरु जलविद्युत् कम्पनीका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here