लगानीको वातावरणमा सुधार गर्न थप व्यवस्था गरिने,

काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य लगानीको वातावरणमा सुधार गर्न थप कानुनी तथा संरचनागत व्यवस्था गरिने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

“आन्तरिक तथा बाह्य लगानीको वातावरणमा सुधार र क्षेत्र विस्तार गर्न थप कानुनी तथा संरचनागत व्यवस्था गरिनेछ,” उनले भने, “निजी पुँजी आकर्षित गर्न कानुनी प्रबन्धसहित नवीनतम उपकरण प्रयोग गरिनेछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here