नेपालबाट संसारले समावेशिताको पाठ सिक्नुपर्छ: बेलायती मन्त्री वेट्स

काठमाडौं, १० फागुन ।बेलायत भ्रमणमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडासँग बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड बेट्सले नेपालबाट संसारले समावेशिताको विषय सिक्नुपर्ने बताएका छन् ।

उनले नेपालको विकास बारेमा चासो समेत व्यक्त गरेका छन् । शुक्रवार वेलायतको हाउस अफ कमन्समा भएको शिष्टाचार भेटघाटमा मन्त्री बेट्सले २०७२ सालको विनासकारी भूकम्पपछिको पुनर्निर्माण, संघीयता कार्यान्वयन र विकासको बारेमा चासो व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले बताएको छ ।

जवाफमा मन्त्री खतिवडाले नेपालमा जारी भएको लोकतान्त्रिक संविधान विश्वमै उत्कृष्ट मध्येको एक भएको भन्दै समावेशीताले पूर्ण अभ्यास भएको रहेको बताएका छन् ।

संसदमा ९० प्रतिशत भन्दा बढि सदस्यले हस्ताक्षर र सहयोगमा निर्माण भएको संविधानकै आधारमा निर्माण भएको नेपालको संघीय संरचना विश्वमा उदाहरणीय भएको उनको भनाइ छ । नेपालको संसदमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सिमान्तकृत समुदायको एकतिहाई भन्दाबढी प्रतिनिधित्व भएको उनले जानकारी गराएका छन् ।

भेटमा बेट्सले खतिवडासँग मुलुक संघीयतामा गएको अवस्थामा राज्यले राजस्वको परिचालनलाई कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा बेलायतको अनुभव सुनाउँदै नेपालको विकास प्रक्रियामा वेलायतले सदैव सघाउने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।

डा. खतिवडाले बेलायतले नेपालका विभिन्न क्षेत्रमा सञ्चालन हुने विकास परियोजनामा थप सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here