नेपालले भोलक्यानोजलाई हरायो, दीपेन्द्र र कुशलको उत्कृष्ट ब्याटिङ

काठमाडौं । टी-२० विश्वकपको तयारीका लागि भएको अभ्यास खेलमा नेपालले विनवार्ड्स भोलक्यानोजलाई पराजित गरेको छ । अभ्यासका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले सोमबार राति भएको खेलमा भोलक्यानोजलाई चार विकेटले पराजित गरेको हो ।

घरेलु टोली विनवाड्र्सले दिएको १९७ रनको लक्ष्य नेपालले ३ बल बाँकी हुँदा भेट्टाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ७० रनको योगदान दिए। दीपेन्द्रले ५२ तथा सोमपालले ३२ रन थपे।

नेपालका अघिल्लो क्रमका अन्य ब्याटर अनिलकुमार साह, रोहित पौडेल, सन्दीप जोरा र गुलशन झाले भने राम्रो गर्न सकेनन् । दोस्रो अभ्यास खेल बिहीबार हुनेछ। अन्तिम खेल १८ मे मा हुनेछ। त्यसपछि नेपाली टोली १९ मे मा ह्युस्टन जानेछ।

२१ मे देखि टोलीले प्रशिक्षण सुरु गर्नेछ। त्यसपछि टोलीले २२ र २३ मे मा ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्ने तालिका छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here