काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धमा वाराणसीबाट स्ट्याण्ड अप कमेडियन तथा युट्युबर श्याम रंगिलाले समेत लोकसभा निर्वाचनका लागि उमेदवारी दर्ता गरेका छन् ।
उनले एक्समा लेखेका छन्, “तपाईंहरू सबैको माया र सहयोगबाट नियमअनुसार सबै प्रक्रिया पूरा गरेर मैले उमेदवारी दर्ता गरेको छु । मेरो यो देशको लोकतन्त्रप्रति अझै पनि भरोसा रहेको छ । अब आगामी दुई तीन दिन महत्वपूर्ण हुनेछन् । तपाईंहरु सबैको सहयोगका लागि धेरै धन्यवाद ।उनका फेसबुक पेजमा आठ लाखभन्दा बढी र युट्युबमा करिब साढे ९ लाख फलोअर्स छन् ।
प्रधानमन्त्री मोदीले पनि मंगलबार वाराणसीबाट उमेदवारी दर्ता गराएका थिए । उनी यसपालि तेस्रोपटक सो क्षेत्रबाट चुनाव लड्दैछन् ।