१६ औं योजना: आर्थिक वृद्धि ७. ३ प्रतिशत, प्रतिव्यक्ति आय २३५१ डलर

काठमाडौं । १६ औं पञ्चवर्षीय योजना सार्वजनिक गरिएको छ। उक्त पञ्चवर्षीय योजनाले आगामी आर्थिक वर्ष २०८५/०८६ मा ७.३ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य लिएको छ। हाल नेपालको आर्थिक वृद्धिदर (२०७९/८०) ३.९ प्रतिशत छ।

त्यसैगरी प्रतिव्यक्ति आय अमेरिकी डलरमा गत आवमा १ हजार ४ सय ५ रहेकामा चालू आवमा १ हजार ४ सय ५६ डलर रहने अनुमान छ। १६औँ पञ्चवर्षीय योजना अवधिमा प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ अमेरिकी डलर रहने अनुमान छ।

हाल गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशत रहेकामा १२ प्रतिशतमा झार्ने लक्ष्य छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here