अर्थतन्त्रको आकार १०३ खर्ब पुर्‍याउने, गरिबी १२ प्रतिशतमा झार्ने लक्ष्य

काठमाडौं । सरकारले देशको अर्थतन्त्रको आकार १०३ खर्ब पुर्‍याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १६औं आवधिक योजनामा उक्त लक्ष्य उल्लेख गरिएको छ ।

मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने, आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य १६औं योजनाले लिएको छ । यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य छ ।

यस्तै विद्युत उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसंख्यामा पुर्‍याउने र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पुर्‍याउने लक्ष्य लिएको छ । सरकारले हालसम्म १५ वटा योजना कार्यान्वयनमा लगेको छ त्यसमा अधिकांश योजनाको लक्ष्य पुरा भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here