सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ४० हजार

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको छ ।

हिजो एक लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च पनि हो।

यसअघि वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। आज प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको छ। यसअघि बुधवार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here