साढे चार दशकदेखि नेमकिपामा विजुक्छे अध्यक्ष

काठमाडौं, ७ असोज । भनिन्छ, राजनीतिक दलहरु गतिशिल हुन्छन् । समयअनुसार आफूलाई रुपान्तरण गर्दै समाजलाई नेतृत्व प्रदान गर्छन् ।

तर, नेपालका एक पार्टीमा नेतृत्वले कीर्तिमान कायम गरेको छ । त्यो हो नेपाल मजदुर किसान पार्टी । यसको अध्यक्ष रहेका नारायणमान विजुक्छे पछिल्लो ४४ वर्षयता पार्टी अध्यक्ष रहेका छन् ।

उनलाई पार्टीले आगामी कार्यकालका लागि समेत नेतृत्वमा चयन गरेको हो । नेमकिपाको सोमबार भक्तपुरमा सम्पन्न सातौं महाधिवेशनले अध्यक्ष चयन गरेको हो ।

खासगरी उत्तर कोरियाली शासन व्यवस्था अंगिकार हुनुपर्छ भन्ने मान्यता राख्ने यो पार्टी सन् १९७५ मा स्थापना भएको हो ।

सोही समयदेखि नै नारायणमान यस पार्टीको अध्यक्ष रहँदै आएका छन् । पार्टीमा उनलाई टक्कर दिने अर्को पुस्ता नै जन्मिएको छैन ।

महाधिवेशनबाट अध्यक्षसहित ६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

यस कार्यसमितिमा प्रेम सुवाल, सुनील प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेको पार्टीले उल्लेख गरेको छ ।

साथै, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर समेत सदस्य बनेका छन् ।

नेमकिपा खासगरी भक्तपुरमा सक्रिय रहेको छ । यहाँका आदिवासी नेवार समूदायका राम्रो साथ पाएका कारण नेमकिपाले हरेक निर्वाचनमा राम्रो नतिजामा चुनाव जित्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here