काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिदका लागि सहज बनाउने भएको छ ।
शुक्रबार राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएर १ सय प्रतिशत कायम गरेको हो। हालसम्म सो जोखिम भार १२५ प्रतिशत रहेको थियो ।
यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने जानकारी दिएको छ । यसअघि एक आर्थिक बर्षका प्राथमिक पुँजीको १ प्रतिशत मात्रै विक्री गर्न पाउने व्यवस्था थियो ।