काठमाडौं-तराई/मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको छ ।

नेपाली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै लेनडाँडा सुरुङमार्गको जोडी सुरुङे एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको जनाएको हो ।

‘नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नं. २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको आज २०८१ जेठ ४ गते ब्रेक थ्रु भएको छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।

द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरू मध्ये निकट भविष्यमा दुवै तर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको सेनाले जनाएको छ ।

नेपाली सेनाले २०७४ सालेदेखि द्रुतमार्ग निर्माण कार्यको जिम्मेवारी लिएको हो । २०८३ चैत मसान्तसम्म द्रुतमार्ग निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सेनाले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here