काठमाडौंमा आज यो वर्षकै धेरै गर्मी

काठमाडौं । काठमाडौंमा शनिबार यो वर्षकै धेरै गर्मी भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्षका लागि यो अहिलेसम्मको उच्च तापक्रम हो ।

यो वर्ष यसअघि गएको अप्रिल २५ र अप्रिल ३० मा अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here