ललितपुर आगलागी घटनामा दुई छोरी र श्रीमती गुमाएका सञ्जय गिरीको पनि मृत्यु

काठमाडौं । ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

वैशाख २३ गते ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टिनले छाएको एउटा घरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका थिए। घाइतेपछि दुई छोरी र आमापछि बुवा सञ्जय गिरीको पनि मृत्यु भएकाले मृतकको संख्या ४ पुगेको हो ।

सोही अस्पतालमा सञ्जयकी श्रीमती रुपा गिरीको गत ३१ वैशाखमा मृत्यु भएको थियो । आगलागी भएको भोलिपल्टै उनका दुई छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाको मृत्यु भएको थियो ।

आगलागीमा परी घाइते भएका सञ्जयका भतिज १५ वर्षीय नित गिरीको उपचार जारी छ । उनको अवस्था सामान्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here