दिनेशको `आखुम आखुम ´ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा गायक संगम लिम्बू तथा कौशिला लिम्बूको आवाजको गीत ‘आखुम आखुम’ सार्वजनिक गरिएको छ ।

नयाँ क्रिएशन र नयाँपनका गीतहरु कोर्न माहिर संगम लिम्बूकै शव्द तथा चर्चीत संगीतकार तारा प्रकाश लिम्बूको संगीतमा सजिएको गीत ‘आखुम आखुम’ को म्युजिक भिडियो संगम लिम्बू अफिसियल य्ट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सुमन तामाङको छायांकन तथा ड्रोनमा कृष्ण सुबेदीको मेकअप, गोपाल दर्जीको सहायक छायांकन, निश्चल कुलुङ राईको आर्ट र अनिल रानाको सम्पादन रहेको भिडियोमा बिमला खजुम लिम्बू र आशिस लिम्बूको अभिनय रहेको छ ।

सविन लिम्बूको संगीत संयोजनमा अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड सम्पन भएको गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here